मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धादिङकी पार्वती बनिन् ‘एनसेल करोडपति’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १o:४९:oo

 एनसेलले १ देखि ३२ असारसम्म सञ्चालन गरेको ‘सधैँ अन करोडपति’ योजनामा गंगाजमुना गाउँपालिका– ६, बांगेपिपल, धादिङकी पार्वती कार्कीले एक करोड रुपैयाँ नगद पुरस्कार जितेकी छिन् । उनले आठ वर्षअघि एनसेलको सिम किनेकी थिइन् र असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् ।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । 
एनसेलले ल्याएको उक्त योजनामा कार्कीबाहेक अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक पुरस्कारस्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 

योजनामा सहभागिता जनाएका ग्राहकलाई कम्पनीले विजेता घोषणा गरी पुरस्कृत गरेको हो । कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकलाई पनि प्रमाणीकरणको प्रक्रिया पु¥याई पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।