मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 25 July, 2025
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोराको छुरा प्रहारबाट बुवाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

सुनसरीको देवानगन्ज गाउँपालिका- २ निवासी ६० वर्षीय सचिव अन्सारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ। आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अन्सारीले बुवाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए।