पूर्वराष्ट्रपति विद्या भण्डारीको पत्रकार सम्मेलन सुरु भएको छ। अपराह्न ३ बजेलाई तय भएको पत्रकार सम्मेलन करिब पौने एक घण्टा ढिलो गरी सुरु भएको हो।
एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि भण्डारीले पत्रकार सम्मेलन गरेकी हुन्।
गत मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । तर, त्यसै दिन दिउँसो सीमित पत्रकारहरूसँगको भेटमा भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् ।