मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 24 July, 2025
Invalid date format o९:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपका लागि ३५ नेपाली खेलाडीको नाम सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४१:oo

आगामी भदौमा भुटानमा आयोजना हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हेटौँडाको गौरीटार रंगशालामा मंगलबार सम्पन्न गरेको छनोट क्याम्पमार्फत उक्त नामावली सार्वजनिक गरेको हो ।

प्रारम्भिक टोलीमा छनोट हुनेमा झरना डुमराकोटी, लक्ष्मी वली, गंगा गुरुङ, भूपिका शाही, सवनम राई, दीक्षा रायमाझी, मीना चन्द, रेजिना लामा, एलिजाकुमारी बिके, ज्ञान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा टाडी, अनु माझी, अन्सु बिके, रविना बिके, आयुशा गुरुङ, डिकी स्याङ्बो तामाङ रहेका छन् ।

यसैगरी, कृतिशा तामाङ, मीनमाया श्रेष्ठ, साहरा लिम्बू, कृपा दाहाल, बब्टिाका कार्की, भूमिका बुडाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, आशिका कार्की, अस्मिता मगर, मनीषा श्रेष्ठ, सविना तामाङ, पूजा गिरी, पूर्णिमा थारू, यामकुमारी बिके, अनिता रानामगर, दीक्षा रनपाल र विपना परियार पनि प्रारम्भिक टोलीमा छनोट भएका छन् ।

प्रतियोगिताको तयारीस्वरूप साउन ४, ५ र ६ गते हेटौँडामा आयोजना गरिएको छनाेट कार्यक्रममा देशभरका सातवटै प्रदेश फुटबल संघहरूमार्फत ३५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । छनाेटमा परेका ३५ खेलाडीलाई एन्फाले बन्द प्रशिक्षणका लागि समेत बोलाएको छ । खेलाडीहरूलाई साउन ८ गते साँझ ६ बजेसम्म मकवानपुरस्थित रेगल हेटौँडा रिसोर्टमा अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ । सो अवसरमा सक्कल नाबालक परिचयपत्र र पासपोर्ट  अनिवार्य रूपमा साथमा ल्याउन एन्फाले आग्रह गरेको छ ।

आयोजक समिति सदस्य विनोद कार्कीका अनुसार साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित बन्द प्रशिक्षणमार्फत अन्तिम टोली छनोट र तयारी अगाडि बढाइनेछ । नेपालले भुटानमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न यू–१७ राष्ट्रिय महिला टोलीलाई व्यावसायिक ढंगले तयार पार्ने योजना अघि सारेको  छ । साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ आगामी भदौ ४ देखि १५ गतेसम्म भुटानमा आयोजना हुँदै छ ।