मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष ०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।

कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु. दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा. रोशन कोजूले जानकारी दिए । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा रु. ८६ अर्ब ८६ करोड योगदान संकलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई रु. १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।