
दीपकराज विश्वकर्माको शब्द तथा संगीत रहेको ‘चोर्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ।
माया, प्रेम र धोकालाई मुख्य विषय बनाइएको गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा उनीसहित मोडल आश्मा विश्वकर्मा र बिजु पार्कीको अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन्। गीत गायक गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’बाट सार्वजनिक गरिएको छ। विश्वकर्माको बग्यो गण्डकी, कसले बनायो पैसा भन्ने चिज, चाहिँदैन। तिमीविनाको सुनैको दरबारजस्ता गीतहरू बजारमा चर्चित छन्।