मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर
रासस झापा
२o८२ असार ३२ बुधबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १७:५९:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।

अर्जुनधारा नगरपालिकामा आज बुधबार अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदबाट भूमिसम्बन्धी नयाँ कानुन निर्माणपछि वर्षौँदेखि थाती रहेकाे भूमि समस्याको समाधान हुने बताए।

उनले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महँगो भएका कारण तयारी धनीपुर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरे। वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपुर्जा लिन तयार हुनेहरूको संख्यामा वृद्धि भइरहेको बताए।

‘धेरै सुकुमवासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपुर्जा पाएका छैनन्,’ उनले भने, ‘कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ।’ उनले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गरे।

अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपुर्जा वितरण गरिएको हो। सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपुर्जा वितरण गरेका थिए।