मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १८:४७:oo

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईजनालाई पक्राउ गरेको छ।

कावासोती– २ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश विसी र सुन चोरीमा संलग्न कावासोती– १७ गोछडा निवासी २३ वर्षीया सुस्मा महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।

सुस्मा महतोले विवाहमा जाँदा देवचुली नगरपालिका– २ की अमृता चौधरीको कोठाबाट करिब २ तोला सुन चोरी गरेको र उक्त सुन बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। सुन पसले बिसीले विनाबिल चोरीको सुन चलनचल्तीको भाउभन्दा सस्तोमा खरिद गर्दै आएको खुलेको छ।

पक्राउ परेको दुबैलाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।