१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिस्कुटको प्याकेटमा १३ करोडको सेतो हेरोइन बोकेर आएका भारतीय विमानस्थलमा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३७:oo

लाओसबाट थाइल्यान्ड हुँदै नेपाल ल्याइएको सेतो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी)ले शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ६५ वर्षीय राकेश वाहबलाई साढे ६ केजी सेतो हेरोइनसहित पक्राउ गरेको छ । 

पक्राउ परेको सेतो हेरोइनको अवैध बजार मूल्य करिब १३ करोड रुपैयाँ छ । एक ग्राम सेतो हेरोइन २० देखि ३० हजार रुपैयाँसम्म लागुऔषध दुर्व्यसनीले खरिद गर्ने प्रहरी अधिकारी बताउँछन् । नेपालमा तेस्रो देशबाट ल्याइएको हेरोइन लामो समयपछि बरामद भएको हो। भारतबाट भने सानो परिणाममा नेपाली दुर्व्यसनीलाई लक्षित गरी हेरोइनको तस्करी हुँदै आएको छ । 

पक्राउ परेका भारतीय नागरिक लामो समयदेखि थाइल्यान्ड बस्दै आएका थिए। एक व्यक्तिले आफूलाई सो सामान काठमाडौं हुँदै दिल्ली लैजान लगाएको र त्यसबापत पैसा दिएको उनले प्रारम्भिक सोधपुछमा बताएका छन्। उनी बैंककबाट लाओस् गएर फेरि बैंकक हुँदै थाई एयरको उडानबाट काठमाडौं आएका थिए। अफिम उत्पादनमा लाओस विश्वकै तेस्रो स्थानमा छ। अफिमबाटै ब्राउन सुगर र ह्वाइट सुगर बन्ने गर्दछ । 

बरामद भएको सेतो हेरोइन बिस्कुट तथा चकलेटको प्याकेटभित्र सेतो हेरोइन लुकाइएको थियो ।  शंका लागेर लगेज चेक गर्दा लागुऔषध बरामद भएको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए। ‘ती भारतीय लाओसबाट लागुऔषध लिएर आएको देखिन्छ,’ एसएसपी कोइराला भन्छन्, ‘उनी भरिया मत्र हुन् जस्तो देखिन्छ, विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ।’