१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रेशमबहादुर खड्का जाजरकोट
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै कुटपिट [भिडियाेसहित]

Read Time : < 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
Invalid date format १७:o९:oo

जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई कुटपिट गरेको हो।

कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका वेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने।

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो।

उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, तर त्यसलाई लिएर धेरैले दुष्प्रचार गरे,’ शाहले भने, ‘तर यस्तो कुटपिट गर्ने अधिकार कसैलाई छैन, यो नियोजित देखिन्छ।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीको पहिचान भइनसके पनि सिसिटिभी फुटेजको सहायताले छानबिन अघि बढाइएको छ। ‘हामीले कार्यालय परिसरका सिसिटिभी फुटेज संकलन गरेका छौं, त्यसको आधारमा दोषी पहिचान गरी कारबाही अघि बढाइन्छ।’