१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रासस काठमाडौं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

नेपाल नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उपविजेता बनेको छ। नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित उपविजेता भएको नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए।

महिला ६८ केजीमाथि कराँते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए। प्रदीप बैजाली मगरले यू–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक–एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते। नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो।

श्रीलंघको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ। भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो। तेस्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्‍याे भने तीन स्वर्ण, सात रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो।

६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कांस्यका साथ पाँचौँ र एक रजत, एक कांस्यका साथ भुटान छैटौँ भएको छ।