१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काँक्रेविहार
२o८२ असार २० शुक्रबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगा लागेर टहरामा सुतेका दिदीबहिनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काँक्रेविहार
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o९:२९:oo

जाजरकोटको कुशे गाउँपालिका– ३, तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए।