मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार

रोशनी शाही भक्तपुरमा मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १८:१६:oo

जाजरकोट स्थायी घर भएकी ५० वर्षीया रोशनी शाही भक्तपुरमा मृत भेटिएकी छिन्। सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित डेरामा उनी आइतबार मृत अवस्थामा भेटिएको भक्तपुर प्रहरीले जनाएको छ। 

स्वास्थ्य सेवाकी कर्मचारी शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएकी थिइन्। सोही आधारमा महरा पक्राउसमेत परी मुद्दा चलेकोमा पछि सफाइ पाएका थिए। 

सोही प्रकरणमा जोडिएकी रोशनी हाल मृत भेटिएकी हुन्। जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेका अनुसार डेरामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको हो। प्रारम्भिक छानबिनमा घटना आत्महत्याजस्तो देखिएको र विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।