१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुने घटना : ६१ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १८:o४:oo

तीनकुनेमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ। बाँकी चारजनाको भने सोमबार मुद्दा दर्ता हुने भएको छ। 

सरकारी वकिल कार्यालयका अनुसार घटनामा संलग्न रहेका ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकी ३१ जनालाई राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले घटनामा संलग्न ६१ जनाविरुद्धको मुद्दा अदालतमा दर्ता भएको बताए। उनले भने, ‘तीनकुने घटनासँग सम्बन्धित मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा ६१ जनालाई प्रतिवादी बनाइएको छ। अन्य चारजना बालक पनि छन्। उनीहरूविरुद्धको मुद्दा भने भोलि दर्ता हुनेछ।’

प्रहरीले १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने भन्दै राय पेस गरेको थियो।