
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरूसँग प्रतिबद्धता खोजेको छन् । खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउने उदेश्यले उनले सबैको प्रतिबद्धता खोजेका हुन् ।
उनले सबै प्रमुख दलका नेताहरूसँग पत्राचार गरी मन्त्रीपरिषद् र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
मन्त्री यादवले खानेपानी र सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्नका लागि विभिन्न राजनीतिक दलहरूसँग सहकार्य र प्रतिबद्धता खोजेका हुन् । यसका लागि उनले विभिन्न रणनीति र कदम अघि बढाएका छन् । यसबाट सरसफाइ र खानेपानी व्यवस्थामा सुधार ल्याउन मद्दत पुर्याउने उनको अपेक्षा छ ।
यसका अतिरिक्त, मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि लाग्ने कर खारेज गर्ने, मन्त्रालयलाई मजबुत बनाउन खानेपानी तथा सरसफाइ मन्त्रालयको गठनको पहल गर्ने, र मेलम्ची खानेपानीको सेवा चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।