१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विचार र नीतिका आधारमा कम्युनिस्ट शक्ति एकीकृत हुनुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३६:oo

एकीकृत समाजवादीका शीर्ष नेताहरूले वामपन्थी, समाजवादी शक्तिहरूलाई एकताबद्ध गदैैअघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले विचार र नीतिका आधारमा एकीकृत हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिरहेको भन्दै विभिन्न पार्टी र समूह एकीकृत भएको स्मरण गरे । ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउने क्रममै छौँ । वैचारिक रूपमा सहमत दलहरू एकता प्रक्रियामा आएका पनि छन् । कोही एकताबद्ध भएर पनि बिचैमा छाडेर भागेका पनि छन् । हामीले आत्तिने काम गर्नुहुँदैन,’ उनले भने ।

एकीकृत समाजवादीप्रति जनलहर बढेको दाबी गर्दै नेपालले पार्टीलाई बलियो शक्ति बनाएर जानुपर्नेमा जोड दिए । ‘विचार र दृष्टिकोण मिल्नेसँग सहकार्य गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ,’ नेपालले भने । 

नेता खनालले समाजवादी क्रान्तिको आवश्यकता औँल्याए । सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म अहिलेका समस्या समाधान हुन नसक्ने उनको दाबी थियो । वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।