१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लाप्चे तामाकोशी र चेपे खोला क्यास्केड आयोजनामा जुट्यो लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

 चार  वाणिज्य बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न सम्झौता गरेका छन् । एनएमबि बैंकको अगुवाइमा नबिल बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेष्ट बैंकले विगु गाउँपालिका, दोखलामा रहेको लाप्चे तामाकोशीमा ऋण लगानी गर्न डायनामिक हाइड्रो इनर्जी प्रालिबिच वित्तीय व्यवस्थापन सम्झौता भएको हो । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी आयोजनाको अनुमानित लागत सात अर्ब रहनेछ । जसमा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् । 

त्यसैगरी, एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्झौता गरेको छ । दुई मेगावाट क्षमताको चेपे खोला आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको रुपैयाँ छ, जसमा बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा कम्पनीका तर्फबाट अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौतामा सम्झौता गरे । सोही कार्यक्रममा सिइओ घिमिरेले बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । 

त्यस्तै, मोहनविक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित आठवटा परियोजनाका लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । एनएमबिले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।