१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १८ बिहीबार o७:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

च्यासल तेस्रो स्थानमा उक्लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार o७:४२:oo

च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा च्यासलले नयाँबस्ती युवा क्लबविरुद्ध ४–२ को जित निकाल्यो ।

च्यासललाई जित दिलाउन निरज कार्की, सुवास बम ठकुरी र कुशल देउवाले गोल गरे । एक गोल आत्मघाती भयो । नयाँबस्तीका लागि पूर्णबहादुर गुरुङ र जामिन लक्समले गोल गरेका थिए । जितसँगै च्यासलले नौ खेलमा १४ अंक जोडेको छ । पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ १०औँ स्थानमा यथावत् छ ।

प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । श्री भगवती क्लब १८ अंकका साथ दोस्रो स्थानमा छ । यता, १४ क्लब सहभागी लिगमा सहिद स्मारक ए डिभिजन लिग खेलिसकेका सरस्वती युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटी रेलिगेसन क्षेत्रमा छन् ।

नीरजको अग्रता 
च्यासलको जितमा नीरजले अग्रता बनाए । उनले खेलको १०औँ मिनेटमा गोल गरेका हुन् । आठ मिनेटपछि नै निमा वाङ्गेल तामाङबाट आत्मघाती गोल भएपछि च्यासलले अग्रता दोब्बर बनायो । राष्ट्रिय टिममा स्थान बनाइसकेका सुवासले २३औँ मिनेटमा गोल गर्दा च्यासल ३–० ले अगाडि बढ्यो ।

दुई मिनेटपछि नै पूर्णले नयाँबस्तीका लागि एक गोल फर्काएका हुन् । पहिलो हाफमै च्यासलले तीन गोल गर्दा दोस्रो हाफमा एक गोल थप्यो । कुशलले ७८औँ मिनेटमा गोल गर्दा च्यासलको अग्रता ४–१ मा पुग्यो । ८९औँ मिनेटमा जामिनले नयाँबस्तीका लागि दोस्रो गोल गरे ।