१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार o७:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसको विजयी सुरुवात 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o७:१३:oo

इरानी टोलीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई र पुलिसले भारतीय टोलीलाई पराजित गर्‍यो

विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली इरानले पोखरामा सुरु भएको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । बिहीबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको उद्घाटन खेलमा इरानी टोलीले अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई र पुलिसले भारतीय टोलीलाई पराजित गरेका हुन् । 

समूह ‘बी’मा रहेको पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले पहिलो सेट २५–२३ ले जितेको हो । दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै पुलिसले पाहुना टोलीलाई निराश बनाएको थियो । प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा इरानी टोली, एपिएफ र गण्डकी प्रदेश रहेका छन् । समूह ‘बी’मा पुलिस, भारतीय टोली र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने आयोजकले जनाएको छ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४, उपविजेताले दुई लाख ४४ हजार ४४४ र तेस्रो हुने टिमले एक लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउँदा विधागत उत्कृष्ट खेलाडीले जनही आठ हजार ४४४ रुपैयाँ पाउनेछन् । 

इरानको टोलीसँग एपिएफको हार
इरानी टोलीले नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । इरानी टोली २५–२०, २९–३१, २५–२३ र २५–१९ ले विजयी भयो । इरानी टोलीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो । निकै रोमाञ्चक दोस्रो सेटमा एपिएफ २९–३१ ले विजयी हुँदा खेल १–१ ले अगाडि बढेको थियो । तर, तेस्रो र चौथो सेटमा इरानी टोली क्रमशः २५–२३ र २५–१९ ले विजयी हुँदै ३ अंक जोड्न सफल भएको छ ।