१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ११ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ११ सोमबार २२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सफाइ कर्मचारीले समेत तलब नपाएको भन्दै केन्द्र सरकारविरुद्ध खनिए बालेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ११ सोमबार २२:२३:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सरकारप्रति आक्रोश पोखेका छन्। सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै आर्थिक कारोबार रोकिएपछि उनले संघीय सरकारप्रति चर्काे असन्तुष्टि जनाएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टुकुचामा गाडिदिनेसमेत धम्की दिएका छन्। 

उनले लेखेका छन्–

काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाएको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! 
त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !!