१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको छानबिन संयोजक छाड्न योगेश भट्टराईलाई सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

लेखा समितिले भैरहवा विमानस्थलमा अनियमितता भएको विषयमा गठन गरेको छानबिन समितिको संयोजकबाट योगेश भट्टराई हट्न एकीकृत समाजवादीका सांसद तथा पूर्वपर्यटनमन्त्री प्रेम आलेले सुझाव दिएका छन् ।

भट्टराई पर्यटनमन्त्री रहेका वेला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा निर्माणाधीन अवस्थामा थियो । अहिले सोही विषयमा छानबिन गर्दा स्वार्थ देखिने भएकाले संयोजक परिवर्तन गरेर प्रतिवेदनलाई अन्तिम रूप दिनुपर्ने आलेको भनाइ छ । ‘छानबिन र प्रतिवेदन बनाउँदै गर्दा स्वार्थको द्वन्द्व हुनुभएन । पहिले मन्त्री भएकालाई त्यस्तै प्रकृतिको छानबिनको संयोजक बनाएपछि शंका त हुन्छ नि,’ शुक्रबारको बैठकमा आलेले भने, ‘त्यसैले संयोजक परिवर्तन गरेर पनि कति दिनभित्र पूर्ण समितिमा प्रतिवेदन बुझाउने हो, गाइडलाइन तयार गरौँ ।’

भट्टराईलाई संयोजक छाड्न यसअघि पनि समिति बैठकमा आवाज उठेको थियो । अघिल्लो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पूर्वपर्यटनमन्त्रीको हैसियतमा प्रतिवेदन लेख्दा स्वार्थ देखिने भन्दै ध्यानाकर्षण गराएका थिए । शुक्रबारको बैठकमा भट्टराईले पर्यटन मन्त्रालयको अनुभवकै आधारमा छानबिन समिति संयोजक दिइएको स्मरण गराएका थिए । 

भैरहवा र पोखरा विमानस्थलमा अनियमितता भएको उजुरी परेपछि आठ महिनाअघि उपसमिति गठन भएको थियो । दुवै उपसमितिलाई आगामी १५ दिनभित्र प्रतिवेदन दिन शुक्रबारको बैठकले निर्देशन पनि दिएको छ ।