१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Friday, 04 July, 2025
२o८१ चैत ६ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित

यस क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल नै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार ११:o८:oo

मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे ।  यस क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल नै विजयी भएको छ ।

रेग्मीले ७०६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियु अध्यक्ष थिए । कुल दुई हजार ६९८ मतदाता रहेको यस क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो ।

यस्तै, सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्राप्त गरे ।

यसैगरी, स्ववियु सदस्यमा पनि अनेरास्ववियु–नेविसंघ प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा मनोज घलान, उमेश चौधरी, दिवस चापागाईं, साजिर अन्सारी, कृसन थिङ, मन्दीप थापा, विवश अर्याल र अतीत अधिकारी छन् ।