१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार o८:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नवनियुक्त प्रहरी महानिरीक्षक थापा भन्छन्– प्रहरीलाई प्रहरीजस्तो बनाउँछु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o८:२४:oo

नवनियुक्त प्रहरी महानिरीक्षक(आइजिपी) दीपक थापाले प्रहरीलाई प्रहरीजस्तो बनाउने आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । ‘प्रहरीमा धेरै समस्या छन्, ‘कोअर्डिनेटिभ अप्रोच’मा अगाडि बढ्नुपर्नेछ, हालको प्रहरी कार्ययोजनालाई रिभ्यु गरेर राम्रा कामहरूलाई निरन्तरता दिइनेछ,’ उनल नयाँ पत्रिकासँग भने, ‘हुन त मेरो कार्यकाल छोटो छ, तर प्रहरीलाई कसरी साँच्चिकै प्रहरीजस्तो बनाउन सकिन्छ, त्यसमा हामी सामूहिक रूपमा अघि बढ्नेछौँ ।’ 

प्रहरीमा स्रोत–साधनका समस्या धेरै रहेकाले त्यसमा आफूले विशेष पहल गर्ने उनको भनाइ छ । ‘प्रहरीलाई सुपरभाइजर तहमा रहेका अधिकृतलाई जिम्मेवार बनाएर पुलिसिङ चुस्त बनाउने योजना छ,’ उनले भने, ‘आन्तरिक शुद्धीकरण मेरो प्राथमिकतामा रहनेछ ।’ 

प्रहरीको तल्लो तहले पनि आफूसँग धेरै अपेक्षा गरेकाले त्यो विषयमा ध्यान दिने थापा बताउँछन् । ‘तल्लो तहका प्रहरीलाई गाँस, वास, कपासकै मुख्य समस्या छ, ब्यारेकमा सुविधा थप्नेदेखि रासनमा समेत सुधारका लागि पहल गर्नेछु,’ उनले भने । पछिल्लो समय चुनौती बनेको डिजिटल अपराध नियन्त्रण पनि आफ्नो कार्यकालको प्राथमिकतामा रहने उनको भनाइ छ ।
थापाले गृह मन्त्रालयमा फूली लगाएर आजदेखि पदभार ग्रहण गर्दै छन्।