१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १७:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

राजतन्त्र र गणतन्त्रको तुलनात्मक अध्ययन गर्न एमालेको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १७:१o:oo

नेकपा(एमाले)ले  एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानीकारक र निरर्थक विषय भएको भन्दै गणतन्त्र उल्टाउने प्रयास सफल हुने बताएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराजावादी समूहले गणतन्त्रविरुद्ध गर्न खोजेको मोर्चाबन्दी र अभियानविरुद्ध विशेष प्रस्ताव पारित गर्दै प्रयास सफल नहुने स्पष्ट पारेको हो । 

एमालेले गणतन्त्र र राजतन्त्रको तुलनात्मक अध्ययन गर्न पनि आम जनतालाई आह्वान गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,‘नेकपा (एमाले) आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात गर्न, निरङ्कुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गर्छ ।’  

जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष छ । ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रस्तावमा भनिएको छ,‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो वलिदानी संघर्षको परिणति हो । विगतमा आन्दोलनको क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैनन भने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।’  

 एमालेको केन्द्रीय सचिवालयको ४६औं बैठक पार्टी अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको हो।