१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद : स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद भएको बताएका हुन् । चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डवनृत्य हुनु लज्जाजनक भएको उनको भनाइ थियो ।

‘बुढानीलकण्ठ स्कुलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनर्परिभाषित गरिनुपर्छ,’ उनले भने।