Skip This
सदन, सडक र सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको सरकारबाटै लोकतन्त्र खतरामा : सोविता गौतम 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सदन, सडक र सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको सरकारबाटै लोकतन्त्र खतरामा : सोविता गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १२:३६:oo

रास्वपा सांसद सोविता गौतमले सरकारको नियन्त्रणमुखी व्यवहारबाटै लोकतन्त्र खतरामा परेकाे बताएकी छिन् । 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत् रहेको र यसबाट सरकारले जनविश्वास गुमाइरहेको बताइन् ।  
‘सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो। उदाउँदै गरेका नयाँ शक्ति, जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, उनैलाई झुटो मुद्दा लगाएर दमन गरिरह्यो,’  उनले भनिन् । 

सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण भएको उनको भनाइ थियो । 

‘सरकारले सदन, सडक, सामाजिक सञ्जाल,  सबै नियन्त्रण गर्न सक्ला, तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन,’ उनले भनिन्, ‘लोकतन्त्रको असली खतरा अरू कोही होइन, सरकार आफैँ हो।  सबैको विचार अट्ने व्यवहार गर्नुस् नत्र परिणाम जनताको पक्षमा हुनेछ ।’ 

↑