१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २१ बुधबार
  • Monday, 21 April, 2025
नेपालीहरू लिएर आएको अमेरिकाको चार्टर्ड विमान तस्बिरः संजित परियार/नयाँ पत्रिका
संजित परियार काठमाडौं
२o८१ फाल्गुण २१ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अवैध रूपमा अमेरिका बस्दै आएका १० नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं छाडियो 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २१ बुधबार १o:३५:oo

अवैध रूपमा अमेरिकामा बस्दै आएका १० नेपालीलाई अमेरिकी अध्यागमनले पक्राउ गरी नेपाल नै ल्याएर छाडेको छ । चार्टर्ड विमानमा राखेर उनीहरूलाई बुधबार नेपाल ल्याइएको हो । 

विमानस्थल स्रोतका अनुसार बुधबार बिहान ९.५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो चार्टर्ड विमानमा एक महिलासहित १० नेपाली छन् ।

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अवैध आप्रवासीविरुद्ध कारबाही तीव्र बनाएका छन् । सोही क्रममा उनीहरू पक्राउ परेका हुन्। यद्यपि, विगतका वर्षमा पनि अवैध बस्ने नेपालीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याएर छाड्ने गरिएको थियो ।