मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Wednesday, 02 September, 2026
२o८१ माघ २६ शनिबार २१:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

देश लुट्न र बिचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याइयो : अध्यक्ष नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार २१:४७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश लुट्न, बिचौलियालाई फाइदा पुर्याउन र भ्रष्टचारीलाई प्रोत्साहान गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । पार्टीको गण्डकी प्रदेश अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

जनताको लागि अध्यादेश ल्याएको भए संसद अधिवेशन बोलाएर ल्याउनु पर्नेमा किन रातारात ल्यायो र के आवश्यकताले ल्यायो भन्दै अध्यक्ष नेपालले प्रश्न गरेका थिए । उनले संसद छलेर अध्यादेश ल्याउन खोजेको आरोप लगाए । ६ अध्यादेशमार्फत ३० वटा कानुन संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको आरोप लगाए ।

अर्को एक प्रंसगमा नेपालले पार्टी जस्तोसुकै अवस्थामा भए पनि भाग्नुपर्ने वा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको बताए । उपस्थित नेता कार्यकत्तालाई निराश नभई चुनौतिको सामना गरेर अघि बढ्न उनले आग्रह गरेका थिए । कतिपय नेता कार्यकर्ताले एमाले वा माओवादीसँग एकता हँदैछ भनी हल्ला फिँजाउको भन्दै अध्यक्ष नेपालले दुबै पार्टीसँग एकता नहुने प्रष्ट पारे । तर विचार मिल्ने पार्टीसँग सहकार्य भने हुनसक्ने उनले बताए । 

अध्यादेश ढुस् हुने अवस्थामा : सम्मानित नेता खनाल
कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको अध्यादेश ढुस् हुने अवस्थामा पुगेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले ल्याएको अध्यादेश ढुस् हुने अवस्थामा रहेको खनालको भनाइ थियो । दुई तिहाईको सरकार भनेर आफूलाई बढो ठूला हुँ भन्नेहरू, दुई तिहाइको सरकार भन्नेहरूले ल्याएको अध्यादेश पास हुन नसकेर ढुस् हुने अवस्थामा पुगेको उनले बताएका थिए।

चार वर्षका लागि १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने
आइतबारसम्म चल्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट चार सय प्रतिनिधि र आयोजक गरेर ५५० जनाको सहभागिता रहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र तीन सहसचिवसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । समितिको कार्यकाल चार वर्षको रहने बरालले जानकारी दिए ।