१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई स्वर्णिम वाग्लेको प्रश्न- अरूका लागि खनेको खाल्डोमा आफैँ पर्छु जस्तो लाग्दैन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याइयो भन्ने प्रश्नसमेत गरेका छन्। 

‘कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन, तर आइसकेको रकम एउटा निजी कम्पनीमा आएपछि उनको जे दायित्व देखिन्छ मौजुदा कानुनअनुसार अघि बढाऊ भनेर संसदीय छानबिन समितिले भनेको छ,’ उनले भने, ‘सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याउनुभयो तपाईंहरूले ? संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा। अरूका लागि खनेको खाल्डोमा आफैँ पर्छु कि जस्तो सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’

सरकार सात महिनासम्म रवि लामिछानेमाथि खनिएको र ऐतिहासिक समय गुमाएको पनि उनले बताए। चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठनको माग पार्टीले गर्ने उनले बताए। ‘भुटानीदेखि कम्बोडियासम्म, बालुवाटारदेखि गिरीबन्धुसम्मको छिनोफानो गर्नुपर्ने हुन्छ,’ उनले भने।