१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीन दिनमा पनि सकिएन रवि लामिछानेको थुनछेक बहस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस तीन दिनमा पनि नसकिएपछि आइतबार थप  सुनुवाइ हुने भएको छ। लामिछाने बुधबार अदालतमा उपस्थित भएकोमा सो दिन बयान तथा बिहीबार र शुक्रबार बहस भएको थियो । 

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। बहस नसकिएपछि अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको छ । 

अब आइतबार सो मुद्दामा थप बहस हुनेछ। शुक्रबार लामिछानेका तर्फबाट बहस भएको थियो। प्रतिवादीको बहस सकिएपछि सरकारी पक्षको जवाफी बहस हुनेछ। त्यसपछि अदालतले थुनछेक आदेश दिनेछ। 

लामिछानेको मुद्दामा बहस गर्न उच्च सरकारी वकिल कार्यालयबाट समेत सरकारी वकिलहरू खटाइएको छ। 

जिबी राईको समूहले सञ्चालन गरेको सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा पैसा गएको र लामिछानेसमेत गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएको आधारमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।