१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २३:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा चलाउन प्रहरीको सिफारिस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:३५:oo

चितवनको साहरा सहकारी अपचलन मुद्दामा प्रहरीले दोस्रो चरणको अनुसन्धान टुंगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहति थप १४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । यसअघि दायर गरिएको मुद्दामा १७ जनालाई मात्र प्रतिवादी बनाइएको थियो । 

जिल्ला प्रहरी कार्यालय, चितवनले पूरक अनुसन्धानपछि तयार पारेको प्रतिवेदन शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार पहिल्यै मुद्दा लागेका १७ जनासहित थप १४ जनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाउँदै मुद्दा चलाउन सिफारिस गरिएको हो ।
पहिलो चरणमा सहकारीका सञ्चालक र मुख्य व्यवस्थापकविरुद्ध मुद्दा चलाइएको थियो । यसपटक सहकारीको पैसा गएका कम्पनीका सञ्चालकलाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर चलाउन सिफारिस गरिएको छ । 

गोर्खा मिडियाका तत्कालीन सञ्चालकको रूपमा रवि लामिछाने र छविलाल जोशी तथा नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललगायतलाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । यसअघि प्रहरीले कास्कीमा पक्राउ गरी मुद्दा दायर गरेकोमा उनीहरू धरौटीमा छुटेका छन् । 

चितवनका एसपी मिश्रका अनुसार साहरा सहकारीको ३८ करोड नौ लाख ७९ हजार ठगी भएको जाहेरी परेको छ । सोहीबराबर बिगो कायम हुने भएको छ । त्यसमध्ये १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखिएकाले रवि लामिछानेलगायतलाई सोही रकमको सामूहिक बिगो कायम गर्नुपर्ने प्रहरीको राय छ ।

 दुई महिनाअघि नै चितवन प्रहरीले लामिछानेसँग बयान लिइसकेको छ। राति अबेरसम्म बयान लिएर मध्यराती नै उनलाई पोखरा लगिएको घटनाको चर्काे आलोचना समेत भएको थियो। 

सो सहकारीबाट जिबी राईका कम्पनीहरू नेचर हब्र्समा नौ करोड ७३ लाख, जिबी गु्रप अफ कम्पनीमा नौ करोड २७ लाख, स्प्रिङउड रियल इस्टेटमा ६ करोड ८१ लाख, नेचरनेस्टमा ६ करोड ५१ लाख कर्जा गैरकानुनी रूपमा प्रवाह भएको प्रहरीले जनाएको छ । 

उता, पर्सा प्रहरीले पनि सानो पाइला सहकारीको अपचलनको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । आगामी साता सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सानो पाइला सहकारीको रकम हिनामिनामा पनि गत वर्ष पहिलो चरणको मुद्दा दायर भइसकेको छ । 

जिबी राई समूहले सञ्चालन गरेका पाँचैवटा सहकारीबाट गोर्खा मिडियामा पैसा गएको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि आरोपी बनाइएको छ । काठमाडौं र कास्कीमा उनीविरुद्ध मुद्दा दायर भइसकेकोमा उनी धरौटीमा छुटेका छन् ।