मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १४:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरको कटारीमा २० दिन लाग्ने त्रिवेणी मेला सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा २० दिन लाग्ने त्रिवेणी (मैनी) मेला सुरु भएको छ । ककरू, तावा र कमला नदीको संगमस्थल त्रिवेणीमा मैनी (त्रिवेणी) मेला माघेसंक्रान्तिदेखि २० दिनसम्मा लाग्ने मेला आज मंगलबारबाट सुरु भएको हो ।

ककरू, तावा र कमला नदीको संगममस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वअघि माघ महिनाभरि लाग्ने मेला अहिले १५ दिन मात्र लाग्दै आएको थियो । यसपटक कटारी नगरपालिकाले २० दिन लगाउने गरी ठेक्का दिएको छ । 

दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाएर पूजा तथा आराधना गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दुध चढाएर पूजा गर्ने प्रचलन छ । 

त्रिवेणी मेलामा उदयपुरबाहेक कोशी प्रदेशका सोलखुम्बु, ओखलढुंगा, खोटाङ  झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, बागमती प्रदेशका चितवन, काभ्रे, सिन्धुलीसहित राजधानी काठमाडाैंबाट समेत ठुलो संख्यामा भक्तजन आउने गर्दछन् । यस्तै, भारतको बिहार, पश्चिमबंगाल, दार्जिलिङ, सिक्किमबाट समेत भक्तजन आउने गरेका छन् । 

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले विगतमा १५ दिन मात्र लाग्ने मेला यसपटक २० दिन लगाउने गरी त्रिवेणी मेला व्यवस्थापनको जिम्मा कटारी नगरपालिका– २ मा रहेको चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएको बताए । उनले भने, ‘हामीले मेलाको सम्पूर्ण जिम्मेवारी ठेक्कामार्फत चण्डीका सप्लार्यस एन्ड ट्रेर्डसलाई दिएका छौँ । मेलामा के गर्नुपर्ने ? के नगर्नुपर्ने त्यो सबै सम्झौतामा उल्लेख गरेर दिएका छौँ ।’ 

निरौलाका अनुसार यसपटक मेलामा घरेलु तथा साना उद्योग र हस्तकालाबाट उत्पादित सामानहरूको स्टल, स्थानीय परिकारका होटेल तथा खाजा घर, भाडा वर्तन, लत्ताकपडा, फेन्सी, घुमन्ते खेलौना, खाद्य सामग्री, कृषि उपजको बिक्री–वितरण हुने भएको छ । यसैगरी स्थानीय संस्कार–संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम हुने भएको छ ।