मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रेमिकाका गोप्य तस्बिर आफन्तलाईः कतारबाट फर्कँदा विमानस्थलमै पक्राउ परे जगदीश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४१:oo

पूर्वप्रेमिकाका गोप्य तस्बिर आफन्त र साथीलाई पठाउने एक युवक विदेशबाट फर्कँदा विमानस्थलबाटै पक्राउ परेका छन्। लक्ष्मण यादव भन्ने जगदीश प्रसादलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियो आफन्त तथा साथीहरूका म्यासेन्जरमा  पठाएर चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। उनी वैदेशिक रोजगारीको क्रममा कतारमा रहेकोमा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका उनलाई प्रहरीले अदालतमा पेस गरेको छ। 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा अन्य दुई पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल छन्। 

 बिहानीबहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएकोमा उजुरी परेको थियो। 

त्यस्तै, शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ।  

कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।