१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ। यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन्।

गीतको संगीत र शब्द स्व. सुनील बर्देवाले तयार पारेका थिए। यो गीतले नेपाली संगीतप्रेमीमाझ बर्देवाको योगदानलाई पुनः ताजगी गराएको छ। गीतको भिडियोमा ब्यान्डकै सदस्यहरूको प्रस्तुति रहेको छ। जसमा गायक लामासँगै राजेश, विकाश र तासी रहेका छन्।

यो गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो, बाल्टिमोर, अमेरिकामा रेकर्ड गरिएको हो। भिडियो पनि अमेरिकामा नै तयार पारिएको छ। भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। भिडियो सम्पादनमा अञ्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन्। भिडियोको अवधारणा गायक लामाले नै तयार पारेका हुन्।

यो गीत स्वर्गीय सुनील बर्देवा (गुरुबा)लाई श्रद्धाञ्जलीस्वरूप समर्पित गरिएको गायक लामाले बताए। बर्देवा नेपाली पपसंगीतका चर्चित गायक, गीतकार, संगीत संयोजक र गिटारवादक थिए। उनका ‘गोरटो अनि उस्तै छ गल्ली’ र ‘बिहानीमा’जस्ता गीतहरू विशेष चर्चित छन्। बर्देवा सन् २०१६ मा ४४ वर्षको उमेरमा दिवंगत भएका थिए।