मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
तस्बिर : एएफपी
रासस तेहरान
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

Read Time : < 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन्।

‘यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाइ रहेको छ,’ बाघाईले एक पत्रकार सम्मेलनमा भने,  ‘यसले आफ्नो रक्षा गर्ने (इरानको) संकल्पलाई रोक्न सक्दैन।’

अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ। अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरान समर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमान्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरुद्ध आक्रमण गरेको थियो।

उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन्। इरानी सञ्चारमाध्यमले पनि एक सर्वसाधारणको मृत्यु भएको जनाएका छन्।

बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन्। इरान समर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए। 

इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो। सोमबार इरानका राष्ट्रपति मसुद पेजेसकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले आफूहरूमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए।

पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए।