मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Friday, 28 August, 2026
२o८१ कार्तिक १९ सोमबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डेढ लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार ११:३९:oo

बाँके प्रहरीले डेढ लाख रुपैयाँसहित १४ जना जुवाडे नेपालगन्जबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका– ४, सल्यानीबागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले सोमबार बिहान करिब साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपैयाँ र चार गड्डी ताससहित १४ जना जुवाडेलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक बमको नेतृत्वमा गएको प्रहरी टोलीले जुवा खेलिरहेका नेपालगन्ज उपमहानगरपालिका– ४ का ४० वर्षीय पृतम शाक्य, सोही ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय विशालजंग शाही र ४१ वर्षीय उमेश सिंह पक्राउ गरेको हो ।

त्यसैगरी, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय  प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुवास तारामी मगर, ४१ वर्षीय रविन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले निर्देशन दिएपछि जुवातासविरुद्ध प्रहरी आक्रामक रूपमा उत्रिएको छ । प्रहरीले यसअघि जयसपुर, राप्तीसोनारी, बसपार्कलगायतका क्षेत्रबाट लाखौँ रुपैयाँसहित जुवाडेहरू पक्राउ गरिसकेको छ ।