१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले आफ्नालाई जोगाएर विपक्षीलाई छानीछानी मुद्दा लगाउँदै छ : अग्नि सापकोटा

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई संरक्षण गरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रमाण हुँदाहुँदै पनि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेश पोखरेललाई सरकारले संरक्षण गरेको आरोप लगाएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले आफ्नालाई बचाएर बाँकीलाई अनुसन्धानमा तान्ने प्रयास गरेको बताएका हुन्।

‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेललगायतकाहरूलाई प्रमाण हुँदाहुँदै खुला रूपमा संरक्षण गरिएको छ,’ उनले भने।

उनले सत्तारूढ दलका नेताहरूको नामै लिएर उनीहरूमाथि अनुसन्धान नभएको आरोप लगाए। ‘अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानीछानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्नै नेताहरूलाई जोगाइरहेको छ,’ सापकोटाले भने।

पत्रकारहरूले सापकोटासँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषयमा पार्टीको धारणा मागेका थिए। जवाफमा उनले सरकारले दोहोरो मापदण्ड अपनाउन नहुने बताए।

‘अदालती प्रक्रियामा गएको छ। उहाँहरूकै कार्यकर्ताले नारा लगाउनुभएको छ। हामीले के गरेका छौँ त ? हामीले दोहोरो मापदण्ड अपनाउन हुँदैन, पक्षपात गर्न हुँदैन भनेका मात्रै छौँ,’ सापकोटाले भने।