१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o७:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीको सहयोगमा मियामी रेकर्ड बनाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

मेजर सकर लिगमा कुनै पनि टोलीले बटुल्न नसकेको अंक इन्टर मियामीले जोडेसँगै डेभिड बेकह्यामको लगानीमा रहेको मियामी मेसीको उत्कृष्ट प्रदर्शनमा उपाधितर्फ अग्रसर

डेभिड बेकह्यामको एउटै चाहना लियोनल मेसीलाई मेजर सकर लिगमा भित्र्याउँदै अमेरिकामा फुटबलको क्रेज विस्तार गर्ने थियो । बेकह्यामले यस्तो योजना बुनिरहँदा मेसी भने युरोपियन फुटबलमा सक्रिय थिए । बार्सिलोना पछि पिएसजीमा रमाइरहँदा अर्जेन्टिनी खेलाडी मेसी अमेरिकाको लिगबाट फुटबल खेल्ने भनेर कसैले विश्वास नै गरेका थिएनन् । मेसीलाई इन्टर मियामीबाट खेलाउने बेकह्यामको घोषणामाथि धेरैले हास्यास्पद बनाएका थिए । तर, मेसीलाई मियामीमा ल्याउने सपना बेकह्यामले दुई वर्षअघि नै पूरा गरे । 

मेसीको आगमनपछि मेजर सकर लिगको माहोल नै परिवर्तन भएको छ । कुनै समय खाली रंगशालामा मेसीको एक नजर र खेल हेर्न दर्शकको उपस्थिति अस्वाभाविक रूपमा भरिभराउ हुँदै गए । यो केवल मेसीकै कारण सम्भव भएको बेकह्याम मान्छन् । उपाधिविहीन मियामीलाई मेसीले आफ्नो पहिलो सिजनमै सफलता दिलाए । यस वर्ष मियामी लिग जित्ने अभियानमा अग्रसर देखिएको छ । 

मेजर सकर लिगको इतिहासमा कुनै पनि टोलीले बटुल्न नसकेको अंक मियामीले हात पारेको छ । लिगमा अझै खेल बाँकी छन् । मियामी सर्वाधिक ७४ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, किसिमको प्रदर्शन मियामीले जारी राख्दा अन्य टोलीले भेटाउन मुस्किल पर्छ । मियामीको यो सफलतामा लुइस सुआरेज, सर्जियो वुस्केट तथा जोडी अल्वाको भूमिको त्यत्तिकै छ । यी सबै खेलाडीसँग मेसीले बार्सिलोनामा रहँदा सहकार्य गरेका थिए । यसमाथि बार्सिलोनाका पूर्वप्रशिक्षक मार्टिनोले नै मियामीलाई प्रशिक्षण दिइरहेका छन् । 

मेसीको आगमनसँगै मियामीले दुई उपाधि जितेको छ । मियामीका समर्थकहरूले मेसी मात्र नभएर बार्सिलोनाका पूर्वलिजेन्ड खेलाडीको आगमनले सफलता चुमेको मान्छन् । ‘धेरैजसोले मेसीले मात्र मियामीले मेजर सकर लिगमा सफलता मिलेको दाबी गरेका छन्, तर हाम्रो नजरमा बार्सिलोनाका पूर्वखेलाडी र प्रशिक्षकको एकआपसको मिश्रणले हो,’ मियामीका समर्थक भन्छन्, ‘बार्सिलोनाले स्पेनिस ला लिगमा खेलेजस्तो शैली मियामीले अपनाएको छ ।’ 

युवा खेलाडीसँग रमाउँदै
मेसी सबै उमेरसँग फिट भएको प्रशिक्षक मार्टिनो मान्छन् । मियामीमा युवा पुस्ताका खेलाडीहरू २१ वर्षीय डिएगो गोमेज र १९ वर्षीय स्थानीय बेन्जामिन क्रेमाचीले मेसीलाई मैदानमा साथ दिइरहेका छन् । सुआरेज, बुस्केट र अल्वासँग पनि युवा खेलाडी त्यतिकै सक्रिय छन् । ‘मेसी मात्र नभएर अन्य सिनियर खेलाडीलाई युवाहरूले साथ दिइरहेका छन्,’ प्रशिक्षक मार्टिनोले भने, ‘प्रशिक्षण वा खेल हुँदा सबै एकै लेभलका हुन्, यसमा जुनियर वा सिनियर खेलाडी भन्ने छैन ।’