१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o६:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा बस र ट्रक एक–आपसमा ठोक्किँदा ३० जना घाइते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३४:oo

मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार सोमबार मनहरी गाउँपालिका– ६ चौकीटोलस्थित पूर्व–पश्चिम सडकखण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना.७ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.६ख ३११९ नम्बरको ट्रक एक–आपसमा ठाेक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाइतेमध्ये १३ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा र नयाँ मेडिकल कलेजमा १३ जना  गरी २६ जनाको उपचार भइरहेको छ ।यस्तै, चारजना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याइएका घाइते सबैजनाको अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

उनका अनुसार चितवनको नयाँ मेडिकल कलेजमा रौतहटको चन्द्रनिगाहपुर बस्ने वर्ष ४४ का शत्रुराज सिलवाल,  पाल्पा घर भएकी  वर्ष ३६ की  ममता नेपाली,  १५ वर्षकी आशिका  नेपाली, चितवनको राप्ती नगरपालिका– ११ बस्ने वर्ष १० की मुना लोप्चन, सोही स्थानकी वर्ष ३० की ममता तामाङ, वर्ष ११ की मनीषा तामाङ, मकवानपुरको हेटौँडा– ४ बस्ने वर्ष ४५ की सुशीला पराजुली, ट्रकचालक बाराको जितपुर सिमरा– १ बस्ने वर्ष ३५ का गणेश लामा, रौतहटका १५ वर्षका भीमकुमार थापा, तनहुँ घिरिङ– २ बस्ने ३१ वर्षकी नन्दकली थापा, निजकी छोरी वर्ष नाैकी मीनाक्षी थापा, मोहत्तरीको बर्दीबास– ५ बस्ने ३४ वर्षको गोरेबहादुर परियार र सोही स्थानका ३० वर्षको  विमलकुमार परियारको उपचार भइरहेको छ ।

यस्तै, पुरानो मेडिकल कलेजमा पाल्पाको रामपुर– ९ बस्ने वर्ष ३५ का भीमबहादुर नेपाली, निजकी छोरी वर्ष १० की अमिना नेपाली, छोरा वर्ष ६ को अंकित नेपाली, चितवनको राप्ती– ११ बस्ने वर्ष ३५ की शान्तिमाया थिङ, निजको छोरा वर्ष १२ को लख्वा दोर्जे तामाङ, छोरी वर्ष ११ की सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी– ९ बस्ने वर्ष ५७ का तिलक विक, रौतहट चन्द्रनिगाहपुर– ४ बस्ने वर्ष २१ की  तारा गुरुङ, सोही स्थानका वर्ष २५ को पुस्कर गुरुङ, चितवनको राप्ती ११ बस्ने वर्ष ३१ को चित्र तामाङ, मकवानपुर मनहरी– ६ बस्ने वर्ष १८ की सुहाना राई, महोत्तरीको बर्दीबास– ५ बस्ने वर्ष ३३ का विनोदकुमार परियार, चितवनको भरतपुर महानगरपालिका– २१ बस्ने वर्ष २८ को प्रभु सापकोटाको उपचार भइरहेको छ ।

यसैगरी, हेटौँडा अस्पतालमा बारा निजगढ– ७ माझीटोल बस्ने वर्ष ३८ को हरिकुमार माझी, सोही स्थानकी वर्ष ३६ की सम्झना माझी, चितवन खैरेनी– २ बस्ने वर्ष २९ का  प्रज्ज्वल कुमाल र मकवानपुरको हेटौँडा– १२ बस्ने वर्ष ५४ की सीता ढुंगानाको उपचार भइरहेको छ ।