१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सुदूरपश्चिम
Invalid date format २१:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्चराे प्रहार गरी श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
रासस, सुदूरपश्चिम
नयाँ पत्रिका
Invalid date format २१:३९:oo

कैलालीको चुरे गाउँपालिका– ६, ढुंगेनी गाउँका डम्बरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बन्चरो प्रहार गरी हत्या गरेका छन्। निजले आफ्नी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ। 

गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यु गाउँपालिका– २का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका– १४ का १९ वर्षीय आकाश मगरलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।