१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३४:oo

बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रमअन्तर्गत विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनीत गरेको छ।

प्रदेशका मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग पुग्ने विश्वासका साथ थापालाई जिम्मेवारी दिएको बताए।

खेलकुदसंग सम्बन्धित विकास कार्यक्रमहरुको योजना र खेलाडीहरुको वृत्ति विकासलाई समेत सुनिश्चित गर्न प्रदेश सरकार र खेलकुद मन्त्रालयलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिने र कार्य गर्ने गरी थापालाई मनोनीत गरिएको मन्त्री महर्जनले बताए।

काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ व्याडमिन्टन एकेडेमीका संस्थापकसमेत हुन्। व्याडमिन्टनमार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा समेत नेपालको प्रतिनिधित्व गरिसकेका थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनले विश्वास व्यक्त गरे।

स्पोर्टस इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृत्ति विकासका लागि विभिन्न कार्यहरु संचालन गर्नुको साथै नेपालमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएका छन्। उनी नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सहअध्यक्षसमेत हुन्।

मन्त्रालयले यसअघि नै खेल विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई मनोनित गरिसकेको छ।