मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनरको दसैँ अफर : थाइल्यान्ड टुर, स्कुटरदेखि अविश्वसनीय पुरस्कार जित्ने माैका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

अनर नेपालले दसैँ अफर सुरु गरेको छ। ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ अभियानसहित ल्याइएको अफरमा कुनै पनि अनर स्मार्टफोन किन्दा थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

यो अफर १७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ सप र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ।

अनर स्मार्टफोनको खरिदमा ग्रान्ड पुरस्कार थाइल्यान्ड भ्रमण, अप्रिला एसआर–१२५ स्कुटर र अनर म्याजिक भी–२ जित्ने अवसर पाउनेछन्। यसैगरी,  साप्ताहिक पुरस्कारमा मार्सल स्पिकर र अनर २०० तथा दैनिक पुरस्कारमा अनर च्वाइस इयरबड एक्स–५ र SCYKEI GT Watch जित्ने मौका मिल्नेछ।

अनर नेपालका राहुल राठीले भने, ‘हाम्रो उद्देश्य ग्राहकहरूको दसैँलाई अझ विशेष र सम्झनलायक बनाउन उत्कृष्ट पुरस्कारहरू प्रदान गर्नु हो।’

यस  योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अनर स्मार्टफोन किन्नुपर्छ। आफ्नो पुरस्कार थाहा पाउन खल्ती एपमार्फत दामी क्युआर स्क्यान गर्नुपर्छ। यो अभियान पर्वको भावना मनाउने उद्देश्यले ल्याइएको अनर नेपालले जनाएको छ।

अभियानबारे थप जानकारीका लागि अनरका सामाजिक सञ्जाल पेजहरू र वेबसाइट हेर्न सकिन्छ।