१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Saturday, 12 October, 2024
२o८१ असोज १ मंगलबार ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा घाइते दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार ११:१७:oo

सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका– ४ फलाबाङबाट लुहाम बजार आउँदै गरेको रा.१ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुका पुतली दरबारनजिकै दुर्घटना  भएको थियो । दुर्घटनामा परी  गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र  ५२ वर्षीया लाली रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते भएका साहुको गएराति सल्यान जिल्ला अस्पताल र रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा उपचार भइरहेको छ । घाइते तीनैजनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेको जिप सडकदेखि २५ मिटर तल खसेको छ ।

सोमबार बेलुका जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका– ३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नम्बर ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए।