मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एरिका उत्कृष्ट महिला खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्।

एरिकाले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। एरिकाले युएस ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेकी थिइन्।

उनले इन्डोनेसियाको जकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा व्यक्तिगततर्फ स्वर्ण र टिम इभेन्ट्समा कांस्य पदकसमेत जितेकी थिइन्।

नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको महिला विधामा एरिकासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा थिए।