संवैधानिक परिषद्को बैठक अहिले जारी छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको छ।
संवैधानिक पदहरूमा सिफारिस गर्ने एजेन्डा रहेकाे बताइएकाे छ । अहिले निर्वाचन आयोगमा एक आयुक्त, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, मुस्लिम आयोग र महिला आयोगमा एक–एकसहित पाँचवटा संवैधानिक नियुक्तिका पद रिक्त छन् ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन्।