मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १९ बुधबार १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिचौलियाको प्रलोभनमा परेर नेपाली युवा युद्धको भुमरीमा : प्रस्तावित राजदूत चटौत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार १३:३३:oo

रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चटौतले बिचौलियाहरूको प्रलोभनमा परेर नेपाली युवाहरू युद्धको भुमरीमा परेकाे बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै चटौतले यस्तो बताएका हुन्।

रुस र रुसी भाषाको आफ्नो ज्ञानले युद्धको भुमरीमा परेका नेपाली युवाको उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासमा सघाउ पुग्ने उनको दाबी छ। 

‘एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रस्टसँग बाहिर आएको छैन । बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भुमरीमा परेका छन् । तिनीहरूको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा यिनीहरूको उद्धारका लागि हरसम्भव प्रयास हुन जरुरी छ । रुस  र  रुसी  भाषा ज्ञानका कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने ठान्दछु,’ चटौतले भने।

नेपाल–रुस सम्बन्धका सुरुवाती समय गौरवशाली रहेको भन्दै उनले पछिल्लो समय त्यसलाई निरन्तरता दिन नसकिएको औँल्याएका छन् । यद्यपि, फलदायी सम्बन्ध विस्तारका लागि सम्भावनाका प्रशस्त ढोका भएको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय हितमा रुससँगको सम्बन्धलाई अघि बढाउन आफ्नो क्षमतालाई समर्पण गर्न तयार रहेको बताएका छन्।