मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण २३ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण २३ बुधबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकाेप्टर दुर्घटना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २३ बुधबार १५:o९:oo

एयर डाइनेस्टीको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर नुवाकाेटकाे शिवपुरी गाउँपालिकामा दुर्घटना भएको छ। दिउँसाे १:५४ बजे काठमाडौंबाट उडेको हेलिकाेप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो।

चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकाेप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेकाे बताइएकाे छ। 

गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा. भीष्म भुसालले दिएको जानकारीअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाइएको थियो ।