मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Saturday, 12 July, 2025
२o८१ श्रावण ८ मंगलबार ११:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस खसेको ठाउँदेखि केराबारीसम्म शंकास्पद देखिएपछि दोहोर्‍याएर खोजी हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार ११:o१:oo

सिमलतालदेखि घुमाउने-केराबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोर्‍याएर बस र मानिसको खोजीकार्य सुरु भएको छ। भरतपुर महानगरपालिका– २९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिराेसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको खोजीकार्यको आज १२औँ दिन हो।

हिजोको खोजीकार्यमा घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शंकास्पद वस्तु देखिएपछि सोही ठाउँमा दोहोर्‍याएर खोजतलास गर्न लागिएको प्रशासनले जाएको छ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा प्राविधिक रूपमा शंकास्पद केही छ कि भन्ने अनुमान भएकाले पुन: खोजतलास थालिएको हो ।