मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण ६ आइतबार
  • Saturday, 12 July, 2025
२o८१ श्रावण ६ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री जम्कट्टेलबाट राजीनामाको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ६ आइतबार १५:१९:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामाको घोषणा गरेका छन्। 

आफू अल्पमतमा परेपछि विश्वासको मत लिन आइतबार बोलाएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेश सभाको आजको बैठकका बोल्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका दुई ठूला दल मिलेपछि विश्वासको मतले सार्थकता नपाउने भन्दै उनले विश्वासको मत नलिई मार्गप्रशस्त गर्ने बताएका थिए। 

उनले माओवादी केन्द्रले सदनमा नयाँ संस्कारको जग बसालेको दाबी पनि गरे।  आगामी दिनमा माओवादी केन्द्रले प्रदेश सभामा परिपक्व, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेश सभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए। मुख्यमन्त्री जम्कट्टेलले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जनाइएको छ। त्यससँगै बागमती प्रदेश सभामा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त हुनेछ।