मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार २९ शनिबार
  • Tuesday, 01 September, 2026
२o८१ असार २९ शनिबार १३:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजासहित दुई सवारी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १३:३o:oo

मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाबाट शुक्रबार अवैध लागुऔषध गाँजासहित दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको एउटा बोलेरो र एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनका अनुसार चैनपुर–मनहरी भित्री सडकखण्डअन्तर्गत राक्सिराङ ५ जिर्खे र आँपखोल्सीको बीचमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राक्सिराङबाट आउँदै गरेको बा ६ च ८२५९ नम्बरको बोलेरो गाडी र बा.प्र.०६–००१ प ५५८९ नम्बरको मोटरसाइकललाई गाँजासहित नियन्त्रणमा लिएको हो।

दुवै सवारीलाई रोकेर जाँच गर्न खोज्दा नरोकी फरार भएको बोलेरो र मोटरसाइकललाई पछ्याउने क्रममा पुनः राक्सिराङतर्फ भाग्ने क्रममा बाटोको नालामा परेको र दुवै चालक फरार भएको डिएसपी भण्डारीले बताए।

प्रहरीले नालामा परेको बलेरोमा खानतलासी गर्दा बीच भागको सिटमा लुकाएर ल्याएको रातो प्लास्टिकले बेरेको १० वटा पोकामा रहेको ४० किलो गाँजा फेला पारेको छ।

दुवै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता भण्डारीले बताए। फरार रहेका दुवै चालकहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।